आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा एक पक्राउ
काठमाडाैं | चैत २६, २०७९
फाइल तस्बिर
काठमाडौं: हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए।
मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए।
त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

